पाकिस्तान नेपालसँग सधैं मिलेर काम गर्न चाहन्छ : पाकिस्तानी प्रधानमन्त्री खान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तान नेपालसँग सधैं मिलेर काम गर्न चाहन्छ : पाकिस्तानी प्रधानमन्त्री खान

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको बताएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग बुधबार इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री खानले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको उल्लेख गरे ।

राजदूत अधिकारीका अनुसार प्रधानमन्त्री खानले दुई पक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न मिलेर काम गर्ने बताएका हुन् ।

उक्त भेटमा राजदूत अधिकारीले नेपालको अहिलेको अवस्थाको बारेमा जानकारी दिँदै कोभिड–१९ का दौरान पाकिस्तानी सरकारले नेपाल सरकारलाई गरेको सहयोगको लागि धन्यवाद दिए ।

राजदूत अधिकारीमार्फत खानले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना दिएका थिए । नेपाल र पाकिस्तान दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का संस्थापक मुलुक हुन् ।

प्रकाशित : आश्विन ६, २०७८ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्

साहित्यकार केशवमणिको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकार तथा लेखक केशवमणि आचार्य दीक्षितको ८८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय स्वास–प्रश्वासमा देखिएको समस्यापछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

नेपाली राजनीति, पूर्वीय दर्शन तथा इतिहास लेखनमा कलम चलाउँदै आएका केशवमणिको सोमबार निधन भएको छोरा तारकमणि दीक्षितले जानकारी दिए ।

नेपाली भाषाविद् सरदार राममणि आचार्य दीक्षितका कान्छा छोरा केशवमणिले रुपन्देहीमा शिक्षाको उज्यालो छर्न विशेष योगदान गरेका थिए । उनको १८ वटा किताब प्रकाशित भइसकेको छ ।

रुपन्देहीको मणिग्राममा राममणि बहुमुखी क्याम्पस स्थापना गर्न उनको विशेष योगदान थियो । २०५६ सालमा उनले लेखेको ‘बीपी कोइरालाका तीन उपन्यास एक विहङ्गम दृष्टी’ र २०२९ सालमा प्रकासित ‘पुराना सम्झना’ चर्चित बनेका थिए । उनका श्रीमति, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित : आश्विन ६, २०७८ १९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×