रामचन्द्रजीलाई नसोधीकन प्रधानमन्त्रीजीले कुनै निर्णय गर्नुभएको छैन : महत

काठमाडौँ — कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले मन्त्रिपरिषद् विस्तारको विषयमा पार्टीभित्र कुनै असन्तुष्टि नभएको बताएका छन् ।

'मन्त्रिपरिषद् विस्तारको विषयमा पार्टीभित्र कुनै असन्तुष्टि छैन । प्रधानमन्त्रीजीले सबै नेताहरुसँग सल्लाह गरेर काम गर्दै आउनुभएको छ । उहाँले रामचन्द्रजीलाई नसोधीकन कुनै पनि निर्णय गर्नुभएको छैन,' बुधबार सिंहदरबारमा बसेको  पदाधिकारी बैठकपछि पत्रकारसँग उनले भने, 'चाँडै गठबन्धनभित्र सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार हुन्छ । सरकारको काम कारबाहीले तीव्रता पाउँछ ।'

रामचन्द्रजीलाई नसोधीकन प्रधानमन्त्रीजीले कुनै निर्णय गर्नुभएको छैन : महत

लामो समयपछि मन्त्रिपरिषद् विस्तार हुँदा किन एक जना परराष्ट्रमन्त्री मात्रै थपिएको भन्ने पत्रकारको जिज्ञासामा महतले भने,'संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्रीले प्रतिनिधित्व गर्न पर्ने भएको हुँदा एक जनामात्र मन्त्री नियुक्त गरेका हौं ।' प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । मन्त्री खड्काले आजै पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।

खड्का देउवा गुटबाट मन्त्री बन्नु भएको होइन ? भन्ने अर्को प्रश्‍नमा नेता महतले भने, 'नारायण खड्काजी शेरबहादुर गुटको मात्रै नभई सिंगो पार्टीको मान्छे हुनुहुन्छ । उहाँ गुटभन्दा पार्टी मान्ने हो ।'

प्रकाशित : आश्विन ६, २०७८ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?