महासचिव छान्न लम्ब्याइयो बैठक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महासचिव छान्न लम्ब्याइयो बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महासचिव छनोट र तीन महिने कार्ययोजना तय गर्नका लागि केन्द्रीय कमिटीको बैठक लम्ब्याएको छ ।

केन्द्रीय कमिटीको बैठक बुधबार नै सम्पन्न गर्ने नेकपा (एस) ले तय गरेपनि पार्टीको महासचिव चयनका लागि बैठकको समय एक दिन थप गरिएको हो ।

'पार्टी केन्द्रीय कमिटी बैठक भोलि (बिहीबार) बिहान ११ बजे पनि बस्ने र भोलिको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाइने छ,' प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले भने ।

बिहीबारको बैठकले पार्टी निर्माणका लागि तीन महिने राष्ट्रिय अभियान पनि पारित गर्ने छ । यसैगरी बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्ताव पारित गरिएको छ ।

त्यसअघि नेपालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफलका लागि निर्माण गरिएको पाँचवटा समूहमा आएको धारणाहरु समूहका नेताले प्रस्तुत गरेका थिए ।

समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह तेली, ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेशकुमार राईले आ–आफ्नो समूह छलफल उठेका विषयहरुको निष्कर्ष प्रस्तुत गरेका थिए । नेपालले मंगलबार राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष नेपालले जबजको सारभूत विचारलाई पक्रदै समाजवाद र समृद्धि तर्फ जाने बताएको खतिवडाले भने, आफूहरु तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताउनुभयो ।'

बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेताहरु मार्फत पार्टीको चुनाव चिन्हको सन्दर्भमा विभिन्न सुझावहरु आएको भन्दै पार्टीको चुनाव चिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले बताए ।

प्रकाशित : आश्विन ६, २०७८ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसको महाधिवेशन तालिका फेरि परिवर्तन, दसैंअघि पालिका अधिवेशनमात्रै 

प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ । 

सिंहदरबारमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो सहमति जुटाएको हो । बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, 'दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।'

यसअघिको तालिका अनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख छ ।

'९ गतेका लागि निर्धारित पालिकास्तरीय जुन अधिवेशन छ, त्यो यथावत् छ । पूर्वनिर्धारित समयअनुसार नै पालिकाहरुको अधिवेशन हुनेछ,' कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, '९ गते पछाडिका अधिवेशनहरूका सन्दर्भमा एकातिर केही जिल्लाका क्रियाशील सदस्यता टुंग्याउने विषय छ । त्यसलाई टुंग्याउने र उपयुक्त समयमा केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नछ ।'

प्रकाशित : आश्विन ६, २०७८ १७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×