२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दाहालले स्थायी कमिटी बैठकमा भने- भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी स्थायी कमिटीलाई दिएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे जानकारी दिइएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

दाहालले स्थायी कमिटी बैठकमा भने- भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ

'स्थायी कमिटी बैठकमा सरकारको विषयमा छलफल भयो । अध्यादेशको कारणले अलिकति ढिलाइ भएको थियो । यो काम सकियो । आज वा भोलिसम्म सरकार विस्तारको काम सकिन्छ,' दाहालले स्थायी कमिटी बैठकलाई दिएको जानकारी उदृत गर्दै महराले भने ।

राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा रहेको छ । त्यसलाई फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले अडान लिँदै आएका छन् ।

प्रकाशित : आश्विन ६, २०७८ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?