कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२४ घण्टामा १ हजार ६३० जना कोरोनामुक्त, १ हजार २५१ संक्रमित

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६३० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार देशभर गरी १ हजार ६३० जना कोरोना निको भएर डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा निको हुनेको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ ।

२४ घण्टामा १ हजार ६३० जना कोरोनामुक्त, १ हजार २५१ संक्रमित

यस्तै २४ घण्टाको पीसीआर परीक्षणमा १ हजार २५१ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ ।

२४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या भने २१ हजार १३९ रहेको छ । हालसम्म पीसीआर परीक्षण संख्या ४१ लाख १४ हजार ५७९ पुगेको छ । क्वारेन्टाइनमा २४३ जना रहेका छन् ।

प्रकाशित : आश्विन ६, २०७८ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?