पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात भएका हुन् : ओली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात भएका हुन् : ओली

कमल पन्थी

बर्दिया — नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको भएर दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको बताएका छन् । उनले केही कुहिएर झरेका पात भएको र केही बाहिरिएको मात्रै भएको बताएका हुन् ।

एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,'पार्टी फुटेको होइन,केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । अदालतले फैसला गर्‍यो भने यिनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।'

उनले भने,'पार्टीले निकालेको छैन भन्दै पार्टी दर्ता गर्न मिल्छ ? यो ज्यादती हो हामीले अदालतमा मुद्दा दर्ता गरेका छौं ।' यस्तै, ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको बताए ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नहुँदा पनि आफूहरुले ३६ सिट जिताएको बताए । उनले भने,'जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकी दिएका छन् ।' ओलीले पुष्पकमल दाहालको पछि लागेर विनाशको बाटो बाहेक केही नभएको बताए ।

मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै ओलीले भने,'७२ दिनदेखि मन्त्रिमण्डलले पूर्णता नपाउनु लोभी पापीको हड्डीको लागि लडाइँ छ ।'

प्रकाशित : आश्विन ६, २०७८ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्

मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकार नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — मानवअंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठ पुन: नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हाे ।

उनले यसअघि पनि निर्देशककाे रुपमा काम गरिसकेका छन् ।

डा. श्रेष्ठलाई हटाएर ओली सरकारले त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. प्रेम ज्ञवालीलाई निर्देशक बनाएको थियो । डा. श्रेष्ठलाई निर्देशक बनाउनका लागि सरकारले गठन आदेश नै परिवर्तन गरेको छ ।


प्रकाशित : आश्विन ६, २०७८ १४:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×