कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकार नियुक्त

काठमाडौँ — मानवअंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठ पुन: नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हाे ।

मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकार नियुक्त

उनले यसअघि पनि निर्देशककाे रुपमा काम गरिसकेका छन् ।

डा. श्रेष्ठलाई हटाएर ओली सरकारले त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. प्रेम ज्ञवालीलाई निर्देशक बनाएको थियो । डा. श्रेष्ठलाई निर्देशक बनाउनका लागि सरकारले गठन आदेश नै परिवर्तन गरेको छ ।


प्रकाशित : आश्विन ६, २०७८ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?