कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

चीन र भारतसँग सन्तुलित सम्बन्ध हुन्छ : परराष्ट्रमन्त्री

काठमाडौँ — नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो कार्यकालमा चीन र भारतसँग सन्तुलित सम्बन्ध हुने बताएका छन् । बुधबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले चीन र भारतबीचको सम्बन्ध अत्यन्त समधुर र घनिष्ठ हुने बताएका हुन् ।

चीन र भारतसँग सन्तुलित सम्बन्ध हुन्छ : परराष्ट्रमन्त्री

यस्तै मन्त्री खड्काले परराष्ट्र नीति दल विशेषको नभएर सबैसँगको सहमतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘परराष्ट्र मन्त्रालयले अत्यन्तै महत्वपूर्ण जिम्मेवारीका साथ अघि बढ्नुपर्ने समय आएको छ । अन्तर्राष्ट्रिय परिवेश जसरी अघि बढिरहेको छ, त्यसले हाम्रो देशलाई पार्न सक्ने प्रभाव र सम्बन्धहरुमा सन्तुलन कायम राख्दै हामीले जिम्मेवारी निभाउनुपर्नेछ,’ मन्त्री खड्काले भने, ‘यो राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमति गरेर हाम्रा अहिलेका जल्दाबल्दा विषयहरु र भावी दिनमा आउन सक्ने विषयहरुलाई सम्बोधन गर्ने गरी काम गर्छु ।’

मन्त्री खड्काले एमसीसी र बीआरआईलगायतका विषयमा भने थप अध्ययन गरेर तथ्यगत र मिथ्यागत विषयहरुलाई समेत ध्यानमा राखेर नेपालको हितमा हुने गरी सबै राष्ट्रहरुसँग घनिष्ठ र सन्तुलित सम्बन्ध कायम गर्ने गरी अघि बढ्ने बताए ।

उनले राष्ट्रिय सहमतिलाई समेत ध्यानमा दिएर जल्दाबल्दा समस्याहरुलाई सम्बोधन गर्ने पनि बताए । गतिशील, आधुनिक र प्रविधियुक्त मन्त्रालय बनाउने आफ्नो प्राथमिकता भएको उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?