२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

महाधिवेशन नजिकिएसँगै कांग्रेस उपसभापति गच्छदार 'सार्वजनिक' हुँदै

१४औँ महाधिवेशनबारे धारणा सार्वजनिक गर्ने

काठमाडौँ — बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि लामो समय गुमनाम बसेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार बुधबार सार्वजनिक हुँदैछन् । गच्छदारले तीनकुनेको एक होटलमा पत्रकार सम्मेलन गरेर आफू राजनीतिमा सक्रिय रहेको जानकारी गराउन लागेका हुन् । 

महाधिवेशन नजिकिएसँगै कांग्रेस उपसभापति गच्छदार 'सार्वजनिक' हुँदै

०७६ को २२ माघमा बालुवाटार जग्गा प्रकरणमा आफूविरुद्ध मुद्दा चलेपछि गच्छदार सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । ‘उहाँले आफूलाई सबैले गुमनाम भयो भनेकाले सार्वजनिक हुन खोज्नुभएको हो । वर्तमान राजनीतिक घटनाक्रम र पार्टीको महाधिवेशनका विषयमा उहाँले धारणा राख्नुहुन्छ,’ उनीनिकट नेता योगेन्द्र चौधरीले भने ।

०७४ को चुनावअघि फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित गराएका गच्छदारलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्षपछि उपसभापति बनाएका थिए । स्रोतका अनुसार आगामी महाधिवेशनमा गच्छदार पुन: उपसभापतिमै लड्ने तयारीमा छन् । ‘आफू कसरी अघि बढ्ने ? भन्ने बारेमा धारण सार्वजनिक गर्ने हो । महाधिवेशनका विषयमै धारण राख्नुहुन्छ,’ नेता चौधरीले थपे ।

कांग्रेस संसदीय दलको उपनेतासमेत रहेका उनको सांसद पद पनि निलम्बित छ । उनलाई विशेष अदालतले ३० असारमा १० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

प्रकाशित : आश्विन ६, २०७८ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?