३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । बैठकमा पार्टीको १४ औँ महाधिवेशन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने जनाइएको छ ।

देउवाले बोलाए पदाधिकारी बैठक

देउवाका स्वकीय सचिव भानु देउवाले दिउँसो ३ बजे बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको ७२ दिनपछि बुधबार बल्ल एक जना मन्त्री थप्दै छन् ।

मंगलबार बेलुकी बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्रमन्त्री नियुक्त गर्ने र उक्त मन्त्रालय कांग्रेसले पाउने गरी सहमति जुटाएको थियो । स्रोतका अनुसार परराष्ट्रमन्त्रीमा प्रधानमन्त्री देउवाले आफ्नै विश्वासपात्र नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका छन् । देउवाले मन्त्री छान्ने र गठबन्धन तथा पार्टीभित्रको भागबन्डाका विषयमा समेत छलफल गर्ने गरी बैठक बोलाएका हुन् ।

प्रकाशित : आश्विन ६, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?