कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गुल्मीमा पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु

गगनशिला खड्का

गुल्मी — मंगलबार रातिको अविरल वर्षापछि गएको पहिरोमा पुरिएर गुल्मीमा ३ जनाको मृत्यु भएको छ । सदरमुकाम रेसुङ्गा नगरपालिका–८, भगवती मन्दिरनजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु

मृत्यु हुनेमा तिलकका १४ वर्षका जुम्ल्याहा छोरीहरू गंगा–जमुना र २१ वर्षकी छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुसोत्तम पाण्डेयले जानकारी दिए । राति करिब १२ बजेतिर माथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो ।

पहिरो खसेर छोरीहरूलाई पुरेपछि अर्को कोठामा सुतेका तिलकले एक जनालाई सानो प्वालबाट तानेर बचाएको वडाध्यक्ष भरत भलामीले बताए । राति नै नेपाली सेना, नेपाल प्रहरीको टोलीले पुरिएको कोठाबाट शव निकालेको थियो ।

प्रकाशित : आश्विन ६, २०७८ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?