गुल्मीमा पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु


गुल्मी — मंगलबार रातिको अविरल वर्षापछि गएको पहिरोमा पुरिएर गुल्मीमा ३ जनाको मृत्यु भएको छ । सदरमुकाम रेसुङ्गा नगरपालिका–८, भगवती मन्दिरनजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


मृत्यु हुनेमा तिलकका १४ वर्षका जुम्ल्याहा छोरीहरू गंगा–जमुना र २१ वर्षकी छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुसोत्तम पाण्डेयले जानकारी दिए । राति करिब १२ बजेतिर माथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो ।
पहिरो खसेर छोरीहरूलाई पुरेपछि अर्को कोठामा सुतेका तिलकले एक जनालाई सानो प्वालबाट तानेर बचाएको वडाध्यक्ष भरत भलामीले बताए । राति नै नेपाली सेना, नेपाल प्रहरीको टोलीले पुरिएको कोठाबाट शव निकालेको थियो ।
प्रकाशित : आश्विन ६, २०७८ ०६:४७