कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

ओलीले गरेको विशेष केन्द्रीय कमिटी बैठक एमाले विभाजनको सुरुवात : नेपाल [राजनीतिक प्रस्तावको पूर्णपाठ]

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गत फागुन २८ केपी शर्मा ओलीले गरेको विशेष केन्द्रीय कमिटीको बैठक एमाले विभाजनको सुरुवात बिन्दु भएको बताएका छन् ।

ओलीले गरेको विशेष केन्द्रीय कमिटी बैठक एमाले विभाजनको सुरुवात : नेपाल [राजनीतिक प्रस्तावको पूर्णपाठ]

मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालले ओली माथि उक्त आरोप लागएका हुन् । 'उनले २०७७ फागुन २८ गते केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबरै नगरी पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धतिविपरीत ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक गरी नेकपा (एमाले) को नवौ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवशेनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा राख्ने, आफ्नो इच्छा अनुसारको संख्याको केन्द्रीय कमिटी बनाउनेजस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनको दिशामा धकेलिदिए' प्रतिवदेनमा भनिएको छ, 'वास्तवमा केपी ओली गुटको त्यही निर्णयबाट नेकपा (एमाले) को विभाजन सुरुभएको हो ।'

प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथि पाँच वटा समूह निर्माण गरेर छलफल सुरु भएको छ । बैठकमा सदस्यहरुले बुधबार आफ्नो धारणा राख्ने छन् ।

हेर्नुहोस् पूर्णपाठ

प्रकाशित : आश्विन ५, २०७८ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?