१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सरकारले लोकतन्त्रविरोधी व्यवहार देखायो : ओली

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिशोधको आधारमा सरकारले लोकतन्त्रविरोधी व्यवहार देखाएको भन्दै त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न चेतावनी दिएका छन् । 

अनेरास्ववियूको कार्यकर्ता भेला तथा शपथ ग्रहणलाई मंगलबार सम्बोधन गर्दै ओलीले कर्मचारी, शिक्षकलाई अपायक ठाउँमा सरुवा गरेर दु:ख दिएको आरोप लगाएका हुन् ।

सरकारले लोकतन्त्रविरोधी व्यवहार देखायो : ओली

'सरकारले अहिले हरेक कर्मचारी र हरेक शिक्षक/शिक्षिकालाई सरकारमा भएकाहरुमध्ये कुनै पार्टीको सदस्य हुनु पर्ने नभए अपायक ठाउँमा सरुवा गर्ने र दु:ख दिने काम गरिरहेको छ, यो कस्तो लोकत्नत्र हो ? कस्तो सरकार हो यो ? लोकतन्त्रसँग नमिल्ने व्यवहार ? यस्ता व्यवहार नगर्न सरकारलाई म चेतावनी दिन्छु', ओलीको भनाइ थियो,'सरकारले यस खालका क्रियाकलापहरु बन्द गर्नुपर्छ ।'.

सरकारले अमानवीय र निर्मम काम गरेको भन्दै ओलीले त्यसको भण्डाफोर गर्न समेत कार्यकर्तालाई निर्देशन दिए । 'अहिले साधारण गाउँका शिक्षक/शिक्षिकाहरु स-सना बच्चाबच्ची छ । त्यस्ता शिक्षिकालाई दुर्गममा सारिदिएको छ । कसरी जाने ? दुई घन्टा पर कसरी जाने ? यस प्रकारको अमानवीय, निर्मम व्यवहार । यो त अत्यन्तै दुष्टतापूर्ण काम हो । यस्ता काम अहिलेको सरकारले गरिरहेको छ । यो अत्यन्तै दुखद् कुरा हो । यस्ता कुराहरुको तपाईंहरुले भण्डाफोर गर्नुस्' उनको भनाइ थियो ।

ओलीले सरकार सेटिङमा लागेर केही उद्यमीलाई फाइदा पुग्ने र केहीलाई समाप्त पार्ने खेलमा लागेको समेत आरोप लगाए । ओलीले भने 'यो सरकार विकास निर्माणका आयोजना रद्द गर्नेदेखि लिएर बजेटमा मनोमौजीसँग करका दरहरु सेटिङअन्तर्गत हेरफेर भएको छ । केही उद्यमीहरुलाई फाइदा दिने, केहीलाई समाप्त पारिदिने । अधिकांश उद्योग समाप्त पारिदिने काम भएको छ भन्छन् व्यवसायीहरु । सरकारले बोल्नु पर्‍यो नि ! हो कि होइन ।'

एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) दलसँगको विवादमा आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेर सत्ता पक्षलाई संरक्षण गरेको भन्दै उनले असन्तुष्टि जनाए । 'यो सरकार खुट्टाले टेक्दैन । जिमवालाले झैं हातले टेक्छ । जो माथि हमला भएको छ । उनीहरुलाई गिरफ्तार गरेर थुन्छ । तमासा गर्छ । अरु थप के गर्‍यो थाहा छैन ?,' ओलीले उल्लेख गरे, ' युवा संघको कार्यालयमा केही गुण्डाहरुले हमला गरे । युवाहरुले यो ठीक भएन भनेर गाली गरेपछि उनीहरु त्यहाँबाट भागे । उनीहरुलाई प्रोटेक्सन गरेर युवा संघका युवाहरुलाई गिरफ्तार गर्‍यो । यो कस्तो सरकार हो ?'

प्रकाशित : आश्विन ५, २०७८ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?