२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कुलमानविरुद्ध हितेन्द्रदेवको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार 

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कुलमानविरुद्ध हितेन्द्रदेवको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार 

घिसिङको नियुक्ति कानुन विपरीत भएको दाबी गर्दै शाक्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।

प्रधानन्यायाधीश जबराको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सुनुवाइ गरेको थियो । सुनवाइपछि इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

शाक्यले आफूलाई कानुन विपरीत हटाएको र कुलमानलाई नियुक्त गरेको भन्दै साउन ३२ गते रिट दायर गरेका थिए ।

सरकारले साउन २७ गते घिसिङलाई प्राधिकरणमा नियुक्त गरेको थियो भने शाक्य ऊर्जा आयोगको सदस्यमा नियुक्त भएका थिए ।

प्रकाशित : आश्विन ५, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?