२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

देउवालाई कोइरालाको प्रश्न : कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाउन पाइन्छ ?

देवनारायण साह

मोरङ — कांग्रेस नेता शेखर कोइरालाले कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाउन नमिल्ने बताएका छन् ।  १३ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक नगरेर कार्यकर्तालाई अन्योलमा राखिएको उनको आरोप छ ।

देउवालाई कोइरालाको प्रश्न : कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाउन पाइन्छ ?

‘कार्यकर्ताहरु नेताहरुको दास त होइन, कति दिनसम्म कार्यकर्तालाई अन्योलमा राख्ने ?,’ कोइराला निवासमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘कार्यकर्तालाई अन्योलमा राखेर पार्टी सञ्चालन गर्छु भन्ने गलत सोच अझै नेताहरुले किन राखिरहनु भएको छ ?’

१३ जिल्लाका क्रियाशील सदस्यता आउन अझै कति दिन लाग्ने भन्ने जानकारी कार्यकर्तालाई दिनुपर्ने कोइरालाको भनाइ थियो । ‘अझै कति दिन लाग्छ त्यो त कार्यकर्ताहरुलाई भनिदिनु पर्‍यो नि !’ उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाजीले के हेरेर बस्नुभएको छ ? त्यति भन्न सक्नुहुन्न । कार्यकर्ताहरुलाई अन्योलमा राखिदिने ?’

कृष्णप्रसाद सिटौला, रमेश लेखक र मिनेन्द्र रिजाल रहेको तीन सदस्यीय उच्चस्तरीय छानबिन समितिले अहिलेसम्म के–के काम गरे भन्ने प्रश्नसमेत कोइरालाको थियो । ‘उच्चस्तरीय छानबिन समितिले लिएको समय पनि बितिसक्दा पनि किन क्रियाशील सदस्यता बाँकी जिल्लाको आएन ?,’ उनले भने, ‘कसको गल्तप् हो ? सक्नु भएन भने किन तीन दिनमा गर्छु भन्नुभयो उहाँहरुले ।’

त्यस्तै राप्रपाका कार्यकर्तालाई मोरङमा क्रियाशील सदस्यताबाट बञ्चित गराएकोप्रति कोइरालाले आपत्ति जनाए । ‘सुनील थापाजी कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ, त्यसैले उहाँले मोरङको क्रियाशील सदस्यता किन आएन भनेर जिम्मेवारी लिनुपर्छ,’ उनले भने, ‘सभापति देउवाजीले शेखर कोइरालालाई सघाउँछन् भनेर मोरङका राप्रपाबाट समायोजन भएर आएकाहरुको क्रियाशील सदस्यता रोक्नु पार्टीका लागि दुर्भाग्य हो ।’

प्रकाशित : आश्विन ५, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?