कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेकपा एसको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौँ — नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको पहिलो बैठक मंगलबार बस्दैछ ।

नेकपा एसको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

बुद्धनगरमा दिउँसो २ बाट सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरुको सपथग्रहणको कार्यक्रम छ । त्यसैगरी राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, केन्द्रीय कमिटीको विस्तार र आवधिक कार्ययोजना र समसामयिक प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट विभाजित भएर नेकपा(एस) भदौ ९ गते गठन भएको हो ।

प्रकाशित : आश्विन ५, २०७८ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?