कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चरेस प्याकिङ गर्ने कारखानामा प्रहरी छापा, दुई जना पक्राउ

काठमाडौँ — हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीकाे लागूऔषध नियन्त्रण ब्युराेले काठमाडौंबाट चरेस प्याकिङ कारखानामा छापा मारी दुई जनालाई पक्राउ गरेको हो ।

चरेस प्याकिङ गर्ने कारखानामा प्रहरी छापा, दुई जना पक्राउ

ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार हस्तकलाका सामानभित्र चरेस प्याकिङ गरेर दोहा पठाउन लागेको सामानसहित धादिङका उर्पा तामाङ र श्याम रोकलाई पक्राउ गरिएको हो । उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

केही दिनअघि विमानस्थलबाट चरेससहित सात जना पक्राउ परेका थिए । उक्त घटनाको अनसन्धान गर्ने क्रममा ब्युरोले कपडाका चकटी, डायरी लगायत हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने गरेको फेला पारेको हो । कोठा भाडामा लिएर गिरोहले चरेस प्याकिङ गर्ने कारखाना सञ्चालन गर्दै आएको खुलेको छ ।

पछिल्लो समय कोरोना महामारीपछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गिरोहले चरेस, हेरोइन लगायका लागूऔषध ओसारपोसारका गतिविधि बढाउँदै आएका छन् ।

प्रकाशित : आश्विन ५, २०७८ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?