१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काठमाडौं जिल्ला अदालतमा १५ हजार धरौटी बुझाएर छुटे काफ्ले 

काठमाडौँ — गाँजा कारोबार र सेवनको आरोपमा पक्राउ परेका राजीव काफ्ले १५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतमा १५ हजार धरौटी बुझाएर छुटे काफ्ले 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले सोमबार काफ्लेसँगै पक्राउ परेका बूढानीलकण्ठका कान्छा लामा र सुधीर प्रधानलाई धरौटमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि उनीहरूलाई थुनामुक्त गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी हृदय थापाले बताए । काफ्ले गाँजा प्रतिबन्ध खुलाउन नेपालभित्र र अन्तर्राष्ट्रियस्तरमा पनि लबिङ गरिरहेका छन् ।

नेपाल प्रहरीले बूढानीलकण्ठस्थित हिप्पी हिल रेस्टुराँमा प्रतिबन्धित लागूऔषध गाँजाको सेवन र बिक्री हुने गरेको गोप्य सूचनापछि रेस्टुराँ सञ्चालक र कर्मचारीमाथि केही महिना अघिबाटै निगरानी थालेको थियो । रेष्टुराँ राजीव काफ्लेले सञ्चालन गर्दै आएका छन् ।

रेस्टुराँसँगै काफ्लेले नै एचआईभी संक्रमितहरुको पुनर्स्थापनाका लागि सञ्चालन गरेको नवकिरण प्लस पुनःस्थापना केन्द्र पनि सँगै जोडिएको छ । तर, नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले साउनबाटै निगरानी बढाएको थियो । उनी ‘नेपाल गाँजा वैधानिक महाअभियान’का विज्ञ सल्लाहकार पनि हुन् ।

यो पनि पढ्नुहोस्ः

८३ ग्राम गाँजाको अभियोगमा १५ दिनदेखि काफ्ले हिरासतमा


प्रकाशित : आश्विन ४, २०७८ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?