१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु 

काठमाडौँ — कोभिड–१९ को कारणले रोकिएको नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । भारतको उत्तराखण्डस्थित पिथौरागढमा सोमबारबाट सैन्य अभ्यास सुरु भएको छ । 

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु 

‘सूर्यकिरण’ नाम दिइएको उक्त अभ्यास १७ गतेसम्म चल्ने छ । नेपाल–भारत १५ औं ‘सूर्यकिरण’ संयुक्त अभ्यासमा भाग लिन नेपाली सेनाको टोली स्थलमार्ग हुँदै २ गते पिथौरागढ पुगेको थियो ।

भारतीय सेनाद्वारा सोमबार जारी विज्ञप्ती अनुसार दुवै मुलुकबाट गरी करिब ६ सय ५० जना संख्यामा रहेको सैनिक टोलीले संयुक्त अभ्यास गर्ने छन् । जसमा नेपालबाट ३०० जनाको सैनिक टोली गएको छ । संयुक्त अभ्यासमा आपसी सञ्चालन क्षमताको विकास, आपसी आतंकवाद विरुद्धको गृहकार्य र विपद् व्यवस्थापन सम्बन्धी क्षेत्रमा हुने भारतीय सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता पौडेलका अनुसार भारतको उत्तराखण्डस्थित पिथौरागढमा हुन लागेको १५ औं सूर्यकिरण संस्करणमा दुवै मुलुककातर्फबाट बटालियन स्तरको सहभागिता भएको प्रष्ट पारे ।

‘अहिले गरेको चाहिँ बटालियन स्तरको संयुक्त प्रशिक्षण हो, नेपालबाट ३०० जनाको पल्टन अभ्यासमा गएको छ, जसमा तीनवटा कम्पनी छन्,’ उनले भने । नेपाली सेना र भारतीय सेना दुवै पक्षबाट अभ्यासमा महासेनानीले नेतृत्व गरेका छन् ।

प्रकाशित : आश्विन ४, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?