कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काठमाडौंमा चाडवाड लक्षित ट्राफिक व्यवस्थापन योजना लागू : ४३ ठाउँमा विशेष चेकिङ, १४ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौँ — चाडपर्व नजिकिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन,शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । सो योजना सोमबारदेखि नै लागू भएको महाशाखाले जनाएको छ । 

काठमाडौंमा चाडवाड लक्षित ट्राफिक व्यवस्थापन योजना लागू : ४३ ठाउँमा विशेष चेकिङ, १४ स्थानमा यात्रु सहायता कक्ष

चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनिकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । उनले बसपार्क, टिकट काउन्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको जाँच एवं अनुगमन गर्ने, पुर्ण पालना गर्न लगाउने र सचेतना समेत बताए ।

४३ ठाउँमा विशेष चेकिङ

चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले चार पटकसम्म विभिन्न ४३ ठाउँहरुमा २४ सै घण्टा चेकिङ थालेको छ । थानकोट, नागढुंगा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना छ । लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखे/नराखेको, बढी भाडा लिए/नलिएको, चालकले मापसे गरे/नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको जाँच गर्ने महाशाखाले जनाएको छ ।

यस्तै, चाडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ति परिचालन गर्ने महाशाखाको योजना छ । विशेषगरी बसपार्क एरिया, उपत्यका प्रवेश गर्ने नाकाहरु, सपिङ कम्प्लेक्स तथा व्यापारिक केन्द्रहरुमा किनमेलका लागि आउने मानिस तथा सवारी साधनको बढी भीडभाड हुने स्थानहरूमा अतिरिक्त ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले जानकारी दिए ।

चाडपर्वलाई लक्षित गरी उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुनेछन् । नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् । यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टरमा अनिवार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने माहशाखाले उल्लेख गरेको छ ।

प्रकाशित : आश्विन ४, २०७८ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?