१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ओलीको राजनीतिक प्रतिवेदन : 'इन्डो प्यासिफिक स्ट्राटेजी' मा मौन

चीनको उदयसँगै हिन्द प्रशान्त क्षेत्र विश्व प्रतिस्पर्धाको केन्द्र बनेको निष्कर्ष

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमाले 'इन्डो प्यासिफिक स्ट्राटेजी'लाई हेर्ने दृष्टिकोणमा भने मौन रहेको छ । हिन्द प्रशान्त क्षेत्र विश्व प्रतिस्पर्धा केन्द्र बन्न थालेको निष्कर्ष निकाले पनि 'इन्डो प्यासिफिक स्ट्राटेजी' का विषयमा भने एमाले मौन रहेको हो ।

ओलीको राजनीतिक प्रतिवेदन : 'इन्डो प्यासिफिक स्ट्राटेजी' मा मौन

आगामी विधान महाधिवेशनमा प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनमा अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक स्ट्राटेजी त्यसैमा लक्षित भएको बताएका छन् ।

'विश्वको शक्ति सन्तुलनमा तीव्र परिवर्तन देखा परेको छ । लामो समयसम्म युरोप-अमेरिका केन्द्रित विश्व ढाँचामाथि चीनको उदय एवं ब्रिक्स र एसियाली पूर्वाधार विकास बैंकको गठन जस्ता विषयले चुनौती दिएका छन्' प्रतिवेदनमा भनिएको छ, 'विश्व प्रतिस्पर्धाको केन्द्र हिन्द प्रशान्त क्षेत्र बन्न थालेको छ । अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) त्यसै विषयमा लक्षित रहेको छ ।'

तर आईपीएसलाई हेर्ने एमालेको दृष्टिकोण के हुने भन्ने विषयमा प्रतिवेदनमा केही उल्लेख छैन । सो प्रतिवेदनम भारत-चीनबीच बढेको तनाव, अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीले पार्ने प्रभावको समेटिएको जनाएको छ ।

चीनलाई हेर्ने दृष्टिकोणमा युरोपेली देशहरुको स्वतन्त्र विचार राख्न थालेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : आश्विन ४, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?