३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१
संसद् बैठक

एमालेको नाराबाजीकै बीच विनियोजन विधेयकमाथि छलफल

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको नाराबाजीबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकमाथि छलफल सुरु गरेका छन् । 

एमालेको नाराबाजीकै बीच विनियोजन विधेयकमाथि छलफल

बैठकको सुरुमा विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव राख्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई आफ्नो धारणा राख्न समय दिइएको छ ।

प्रेम सुवालले विधेयकमाथिको छलफलको समय छोट्ट्याइएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । 'पहिलो विनियोजन विधेयकमाथि एक महिना छलफल हुन्थ्यो, अहिले १०-१२ मिनेटमा सबै मन्त्रालयको छलफल टुंग्याइन खोजिँदै छ । ' सुवालले भने, 'यसले सरकारले सांसद र जनताप्रति जिम्मेवार नभएको देखाउँछ ।'

उनले सरकारमा बस्नेहरूले आफ्नो मानिसलाई पैसा दिन नमिलेपछि पदक दिएको आरोप लगाए । 'पदक योग्यताअनुसार प्राप्त गर्ने आधार तयार गर्नुपर्छ' उनले भने, 'व्यवस्था फेरियो, प्रवृत्ति उही रह्यो ।'

उनले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपालरत्न नभई ‘मेलम्ची पदक’ दिन आग्रह गरे ।

प्रकाशित : आश्विन ४, २०७८ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?