२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

संखुवासभा सामूहिक हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ

थप ४ जनाले घटनामा आफ्नो संलग्नता रहेको स्वीकारे : प्रहरी
दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । 

संखुवासभा सामूहिक हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ

जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार पनि पक्राउ परेका छन् । ४७ वर्षीय खड्गबहादुर कार्की घटनाका मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । त्यस्तै २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की पक्राउ परेको प्रहरीले बताएको छ ।

गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दिवेन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो । उक्त घटानमा संलग्न भएको आरोपमा गत भदौ २७ गते प्रहरीले पक्राउ गरी लोकबहादुर कार्कीलाई सार्वजनिक गरिसकेको छ ।

घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका चारै जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा आरोपीहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइलसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । घटना खड्गबहादुर कार्कीको योजनामा घटाइए पनि छोरा हस्तबहादुरसहित लोकबहादुर कार्कीको घरमा गई सबै जनाले घटनाको बारेमा कसैले थाहा नपाएको बताउने सल्लाह भएको प्रहरीले बताएको छ । यदि प्रहरी आई घटनाका बारेमा पत्ता लगाएमा लोकबहादुरले मानसिक रोगको औषधि खाइरहेको र उनले नै जिम्मा लिने गरी उनीहरूबीच सल्लाह भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ४, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?