मलाई पार्टी फुटाएर सभापति, प्रधानमन्त्री बन्न हतार छैन : पौडेल

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण कांग्रेस फुट्छ भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । ‘साथीहरुलाई भ्रम परेको होला, राजनीतिक दल सम्बन्धी अध्यादेशले शेरबहादुरको पार्टी पनि फुट्न सक्छ भनेर । कांग्रेसको अर्को पक्ष भनेको म हो । मलाई पार्टी फुटाएर सभापति बन्नु, प्रधानमन्त्री बन्नुपर्ने हतारो छैन,’ नेता पौडेलले भने ।

मलाई पार्टी फुटाएर सभापति, प्रधानमन्त्री बन्न हतार छैन : पौडेल

आइतबारै एमाले संसदीय दलका उपनेता एवं सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाउन भूमिका खेलेको भन्दै त्यो अध्यादेश प्रधानमन्त्रीकै पार्टीका लागि प्रत्युत्पादक भए के हुन्छ ? भन्ने प्रश्न गरेका थिए ।

जवाफमा नेता पौडेलले राजनीतिक दलसम्बन्धी अध्यादेशले कांग्रेसलाई कुनै असर नगर्ने भनेका थिए । ‘मेरो सभापति चलाख हुनुहुन्छ, आफ्नै पार्टीमा असर गर्छ भनेर राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गराउनु पनि होला,’ पौडेलले भने, ‘तर मलाई त्यस्तो हतारो छैन ।’ पूर्वसभामुखसमेत रहेका नेता पौडेलले वर्तमान संविधानले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाएको बताए ।

‘संविधानले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाएको छ । संविधानले देशलाई गन्तव्य दिएको छ । संविधानको गलत व्याख्या गर्ने, त्यसको दुरुपयोग गर्ने, त्यसलाई भत्काउने काम गर्नुहुँदैन,’ पौडेलले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो । अब कांग्रेसले नै संविधानको कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्नुपर्छ । कांग्रेसले नै यो राष्ट्रलाई गन्तव्य दिन्छ ।’

प्रकाशित : आश्विन ३, २०७८ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?