१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

एक महिनाभित्रै मुख्यमन्त्री शाक्य र आचार्यलाई हटाउँछौं : झाँक्री

राजकुमार कार्की

सिन्धुली — नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले वाग्मती र प्रदेश १ का मुख्यमन्त्रीलाई एक महिनाभित्र हटाउने बताएकी छन् ।

एक महिनाभित्रै मुख्यमन्त्री शाक्य र आचार्यलाई हटाउँछौं : झाँक्री

सिन्धुलीमाडीमा शनिबार आयोजित कार्यक्रममा नेता झाँक्रीले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का भीम आचार्यलाई इंगित गर्दै उक्त धारणा राखेकी हुन् । उनले राजनीतिक जीवनलाई दाउमा राखेर एक महिने सरकार चलाउन गएकाहरु पछुताउने दाबी पनि गरिन् ।

सांसद झाँक्रीले एक महिना काट्ने सुविधा नभएका प्रदेश मुख्यमन्त्रीहरुको ७ दिने मन्त्री खान जानु जग हँसाउने काम भएको टिप्पणी गरिन् ।

पार्टी गठनको अन्तिम समयमा पिठ्यूँ फर्काएर हिँडेका १० जना नेतालाघ नेतृ झाँक्रीले अब नेकपा (एस)मा नभित्र्याउने बताइन् । उनीहरुले एकीकृत समाजवादीमा आबद्ध हुन ढिलो गरे ढोका बन्द हुने झाँक्रीको भनाइ थियो । एमाले कार्यदलमा रहेकाहरुलाई आत्मसमर्पण गरेमात्र आफ्नो पार्टी नेकपा (एस)मा भित्र्याउने झाँक्रीले खुलाइन् ।

मुलुक लुट्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली लागेको आरोप लगाउँदै नेतृ झाक्रीले लोभीपापी एमालेमा गएको बताइन् । एमाले भित्रका क्रान्तिकारीहरुलाई विद्रोह गरेर भत्काउने क्रम सुरु भएको दाबी गर्दै उनले आफूहरुले पार्टी फुटाएको नभइ विद्रोह गरेको जिकिर गरिन् ।

समानान्तर कमिटीका अध्यक्ष सूर्य पाख्रिनको अध्यक्षतामा बनेको एक सय एक सदस्यीय जिल्ला कमिटीले शनिबार वाग्मती प्रदेश इन्चार्ज केदार न्यौपानेबाट शपथ लिएको छ ।

सिन्धुलमिाडीमा शनिबार आयोजित नेकपा (एस) जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा बोल्दै सांसद रामकुमारी झाँक्री । तस्बिर : राजकुमार कार्की/कान्तिपुर


प्रकाशित : आश्विन २, २०७८ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?