दलहरूकाे आन्तरिक व्यवस्थापनकाे अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाई : सिंह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलहरूकाे आन्तरिक व्यवस्थापनकाे अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाई : सिंह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन भित्र रहेका दलकाे आन्तरिक व्यवस्थापनकाे अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन् । गणेशमान सिहकाे २५ औं स्मृति दिवसकाे अवसरमा शाेभाभगवतीमा गरेकाे कार्यक्रममा बाेल्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले अब छिटै सरकारले पूर्णता पाउने बताए ।

नेता सिंहले कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउँदै संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण गठबन्धन बनेको बताए ।

नेता सिंहले कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको बताए ।उनले पार्टीको १४ औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । ‘पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढिरहेको छ, उनले भने, ‘महाधिबेशन निष्पक्ष तवर गर्नुपर्दछ । विवाद भएका जिल्लामा विधिविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्छ ।’

अर्को प्रसंगमा नेता सिंहले साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । तर आफू सभापतिको उम्मेद्‌वारबाट पछि नहट्ने उनले बताए ।

प्रकाशित : आश्विन २, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्

बर्दिया राष्ट्रिय निकुञ्ज खुला

कान्तिपुर संवाददाता

बर्दिया — साढे चार महिनादेखि बन्द बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुला गरिएको छ । निकुञ्ज खुला भएसँगै ठाकुरद्वारा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । कोरोना संक्रमण बढेसँगै गत वैशाख १५ गतेदेखि निकुञ्ज बन्द गरिएको थियो ।

पर्यटन व्यवसायीका अनुसार निकुञ्ज खोलिने जानकारी पाएका आन्तरिक पर्यटकले होटल बुकिङ र सोधपुछ गर्न थालेका छन् । निकुञ्ज खुल्नुअगावै यहाँका होटल सरसफाइसहित सिंगारिएका छन् ।

निकुञ्ज खुला भएपछि आर्थिक रूपमा केही राहत मिल्ने पर्यटन व्यवसायीले बताए । स्वास्थ्य मापदण्ड अपनाएर निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले पर्यटकका लागि जंगल सफारी, र्‍याफटिङ र जंगल वाक गर्न अनुमति दिएको बताए ।

प्रकाशित : आश्विन २, २०७८ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×