कांग्रेसमा शनिबारसम्म क्रियाशील सदस्यको टुंगो लगाउने सहमति

काठमाडौँ — कांग्रेस नेताहरुबीच शनिबारसम्म क्रियाशील सदस्यताको टुंगो लगाएर वडा अधिवेशन अघि बढाउने सहमति भएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरी क्रियाशील सदस्यताको टुंगो लगाएर समयमै महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा छलफल गरेका हुन् ।

कांग्रेसमा शनिबारसम्म क्रियाशील सदस्यको टुंगो लगाउने सहमति

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी रहेका १३ जिल्लाको विषयमा नेताहरुबीच छलफल भएको थियो ।

बैठकमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सिटौला नेतृत्वको कार्यदलका सदस्यहरु मिनेन्द्र रिजाल र रमेश लेखक पनि सहभागी थिए ।

‘कार्यदलले पहिले जुटाएको सहमति बमोजिम हालसम्मको कार्यान्वयनको अवस्थाबारे बिफ्रिङ भयो । त्यसपछि अब त्यसको कसरी समाधान खोज्ने ? भन्ने विषयमा छलफल भएको हो,’ देउवाका स्वकीय सचिव भानु देउवाले इकान्तिपुरसँग भने, ‘भोलि दिउँसोसम्म सदस्यताको टुंगो लगाउने सहमति भएको छ ।’

कांग्रेसले अब बाँकी रहेका जिल्लाहरुमा ५ असोजमा वडा तहको अधिवेशन गर्ने मिति तोकेको छ । तर शुक्रबारसम्म १३ जिल्लाको सदस्यताको टुंगो लागेको छैन । श्रोतका अनुसार शीर्ष नेताहरुले सकेसम्म सहमतिबाटै सदस्यताको टुंगो लगाउने र नभए बहुमतबाट भएपनि टुंगोमा पुग्न निर्देशन दिएका छन् ।

प्रकाशित : आश्विन १, २०७८ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?