कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कान्तिपुरकर्मी मोक्तान पुरस्कृत

काठमाडौँ — कान्तिपुरकर्मी रीना मोक्तान पुरस्कृत भएकी छन् । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिद्वारा प्रदान गरेको ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन–२०७८’ बाट मोक्तान पुरस्कृत भएकी हुन् । उनलाई १० हजार राशिको पुरस्कार र प्रमाण पत्र एक कार्यक्रमबीच शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले हस्तान्तरण गरे ।

कान्तिपुरकर्मी मोक्तान पुरस्कृत

मोक्तान विशेषगरी रंग पत्रकारितामा क्रियाशील छिन् ।

महासंघले ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन–२०७८’ बाट मोक्तानसहित ६ जना पत्रकारलाई पुरस्कार दिएको छ । पत्रकारहरू मेनुका कार्की, जीत बहादुर साउद, गोविन्द मरासिनी, विरोचन मल्ल ठकुरी र चन्द्रबहादुर आले पुरस्कृत भएका छन् ।

प्रकाशित : आश्विन १, २०७८ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?