भ्रमवश एमालेमा बसिरहेकाहरु ढिलो चाँडो हाम्रो पार्टीमा आउनेछन् : नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् । 

भ्रमवश एमालेमा बसिरहेकाहरु ढिलो चाँडो हाम्रो पार्टीमा आउनेछन् : नेपाल

शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाँडो एकीकृत समाजवादीमा आउने बताएका हुन् । उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे ।

'पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले बताए । पार्टीको ७७ वटै जिल्लामा संगठनहरु बनिरहेका छन् । हिजो हामीले २०७७ चैत्र ४ र ५ गते पश्चात् बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरु रुपान्तरित भइरहेका छन् । त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन । पुरानो पार्टी भित्रको क्रान्तिकारी धारले, नेकपा (एमाले) भित्रको क्रान्तिकारी धारले सुरु गरेको यो पार्टीको नयाँ यात्रा हो । क्रान्तिकारीहरु, परिवर्तनकारीहरु, इमान्दार र निष्ठावानहरु अहिले यो पार्टीमा आबद्ध भएका छन्,' उनले भने, 'कतिपय मानिसहरु अझै त्यहाँ अल्मलिएका होलान्, असल मानिसहरु पनि भ्रमवश बसिरहेका होलान् । ती व्यक्तिहरुले ढिलो चाँडो हाम्रो यो पार्टीमा आउनैपर्छ । उहाँहरुलाई हामी स्वागत गर्नेछौं ।’

अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याउन पनि आग्रह गरे । व्यवसायीहरुलाई जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउन उनको आग्रह छ ।

प्रकाशित : आश्विन १, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?