१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कांग्रेस (बीपी)को सभापतिमा शेरचन

रासस

काठमाडौँ — कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।  

कांग्रेस (बीपी)को सभापतिमा शेरचन

कांग्रेस (बीपी)को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ । विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ ।

कांग्रेस (बीपी) को शुक्रबार सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेको छ ।

विशेष महाधिवेशन सम्पन्नपछि चयन भएका पार्टी सभापति शेरचनले कांग्रेस (बीपी)ले जननायक विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गरे । २०७२ भदौ २४ मा पार्टी स्थापना भएको हो ।

प्रकाशित : आश्विन १, २०७८ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?