२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षी मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । 

प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षी मोदीलाई जन्मदिनको शुभकामना

मोदीको ७१औं जन्मदिनको अवसरमा देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् । ट्विटरमा मोदीलाई मेन्सन गरी जन्मदिनको शुभकामना दिँदै देउवाले लेखेका छन्,‘यसले राम्रो स्वास्थ्य र थप सफलता ल्याउन सक्छ ।’

यस वर्ष भारतीय प्रधानमन्त्री मोदीले काशीमा ७१ हजार दियो बालेर जन्मदिन मनाउँदैछन् । उनले बनारसस्थित भारत माता मन्दिरमा दियो बाल्ने कार्यक्रम राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै १४ करोड बोरा खाद्यान्न वितरण गरिनेछ । उक्त बोरामा 'धन्यवाद मोदीजी' लेखिएको छ । त्यस्तै भारतभर मोदीको फोटोसहितका ५ करोड पोस्टकार्ड हुलाकमार्फत वितरण गरिने जनाइएको छ । मोदीको जन्मदिनमा केही अनावश्यक कार्यक्रम राखिएको भन्दै आलोचना पनि भइरहेको छ ।

प्रकाशित : आश्विन १, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?