सुकुम्बासी समस्या समाधान गर्न केशव निरौलाको अध्यक्षतामा 'राष्ट्रिय भूमि आयोग, २०७८' गठन- समाचार - कान्तिपुर समाचार

सुकुम्बासी समस्या समाधान गर्न केशव निरौलाको अध्यक्षतामा 'राष्ट्रिय भूमि आयोग, २०७८' गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गर्दै आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरेको हो । निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन् ।

आयोग र अन्य पदाधिकारीका विषयमा अहिले धेरै जानकारी नभएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।

अध्यक्ष नियुक्त भएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए । उनी नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा सो आयोग खारेज गरेको थियो ।

प्रकाशित : भाद्र ३०, २०७८ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ

देव नारायण साह

मोरङ — प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले शपथ लिएका छन् । बुधबार साँझ एक समारोहबीच प्रदेश प्रमुख सोमनाथ अधिकारीसँग नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । 

शपथ लिनेहरुमा

  • तुलसीप्रसाद न्यौपाने- आर्थिक मामिला तथा योजनामन्त्री
  • हिरा थापा-भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
  • लिलावल्लभ अधिकारी- आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री
  • ज्ञानेश्वर राजववंशी- भूमि व्यवस्था, कृषि राज्यमन्त्री
  • उत्तमकुमार बस्नेत - उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री

मुख्यमन्त्री भीम आचार्यले बुधबार ती मन्त्रीहरुलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।



प्रकाशित : भाद्र ३०, २०७८ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×