प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्यले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरेका हुन् ।

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

यस्तै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लभ अधिकारी, भूमि व्यवस्था, कृषि राज्यमन्त्री ज्ञानेश्वर राजववंशी र उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेतलाई नियुक्त दिइएको छ ।

नवनियुक्त मन्त्रीहरुको प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट शपथग्रहण तयारी भइरहेको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?