२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

थपिए १ हजार ३३२ कोरोना संक्रमित, १ हजार २२० जना डिस्चार्ज

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट भएको १२ हजार ५ सय २४ नमुना परीक्षणबाट १ हजार ३३२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिए १ हजार ३३२ कोरोना संक्रमित, १ हजार २२० जना डिस्चार्ज

यस्तै एन्टिजेन विधिबाट गरिएको ४ हजार ३२० जनाको परीक्षणमा ४२८ जनामा पोजिटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरिएको कुल १६ हजार ८४४ परीक्षणमा १ हजार ७६० जनामा संक्रमण देखिएको छ ।

जसमध्ये उपत्यकामा ४९७ जना रहेका छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका छन् । यस्तै २४ घण्टामा १ हजार २२० जना डिस्चार्ज भएका छन् ।

थप ९ जनाको मृत्यु भएको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?