कम्युनिष्टबाट मात्रै देशमा तीव्र विकास सम्भव : ओली 

काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टले मात्रै मुलुकमा तीव्र विकास गर्न सक्ने बताएका छन् । 

कम्युनिष्टबाट मात्रै देशमा तीव्र विकास सम्भव : ओली 

एमालेको बुधबार बुटवलमा आयोजित भेलामा सम्बोधन गर्दै ओलीले केही वर्षदेखिको अवस्थालाई हेर्दा अरु पार्टीबाट मुलुकमा विकास गर्न सम्भव नभएको बताएका हुन् । 'हामीले समृद्ध नेपाल सुखी नेपाली नारा अगाडि सारेका छौं, यो लक्ष्य कम्युनिष्ट नेतृत्वबिना पूरा हुन सक्दैन । कम्युनिस्टले मात्रै तीव्र विकास र यो देशलाई अगाडि बढाउन सम्भव छ,' ओलीले भने ।

सार्वभौमसत्ता, भूमि जोगाउन, भौगोलिक अखण्डता राख्ने, गर्वका साथ कुनै पनि देशसँग बराबरी हैसियत राख्ने विषयमा कम्युनिष्टले मात्रै गर्न सक्ने ओलीको भनाइ छ । बसेरै सम्बोधन गरेका ओलीले कांग्रेसलगायत दलले भारतले नाकाबन्दी लगाउँदासमेत बोल्न नसकेको टिप्पणी गरे ।

यस्तै उपमहासचिव विष्णु पौडेलले कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एस) लगायतको दलको गठबन्धनलाई कथित भन्दै गठबन्धनलाई एमाले एक्लैले चुनावमा पराजित गर्न ल्याकत राख्ने बताए । उनले रुपन्देहीमा रहेका प्रतिनिधिसभाका ५ र १० वटा प्रदेशमा एमालेले जित्ने गरी तयारी गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।


प्रकाशित : भाद्र ३०, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?