१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेपाल-चीन सीमाको १३ नम्बर पिलरको निरीक्षणमा टोली खटियो

राजबहादुर शाही

मुगु — नेपाल चीन सीमाको १३ नम्बर पिलरको निरीक्षणका लागि बुधबार जिल्लाबाट १६ जनाको टोली त्यसतर्फ गएको छ । 

मुगु तिब्बत सीमा स्तम्भ निरिक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइराला नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक जगत रावलसहित १२ जना सशस्त्र प्रहरी र ४ जना जनपथ प्रहरी गरी १६ जनाको टोली मुगु तिब्बत सीमा स्तम्भ निरिक्षण तथा अनुगमनमा खटिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताए ।

मुगु तिब्बत सीमा स्तम्भ निरीक्षणको निम्ति जिल्लाबाट हरेक वर्ष टोली खटाइने गरिएको प्रमुख जिल्ला अधिकारीको भनाइ छ । टोलीलाई सीमा स्तम्भसम्म पुग्न करिब ३ दिन लाग्ने छ ।

सीमा स्तम्भमा खटिएको टोलीलाई गमगढीदेखि छाइल बजार सम्म सडक सुविधा भएपनि त्यहाँदेखि पूलु, तिहारगुम्बा, चितैकुना, सिरानीचौर र मुगु गाउँ हुँदै सीमा स्तम्भसम्म पुग्न पैदल हिँडनु पर्ने अवस्था छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?