१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार हुन्‍न : यादव

सिन्धुली — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् । अध्यादेश खारेज नहुँदा दलहरुलाई अस्थिर बनाउने यादवको भनाइ छ । 

अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार हुन्‍न : यादव

सिन्धुलीमाडीमा मंगलबार संचारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष यादवले अध्यादेशलाई खारेज गरेर मन्त्रिपरिषद् विस्तार गर्नेतर्फ सत्ता गठबन्धन दलहरु लागेको बताए । उनले भने, 'तत्काल केही गर्नु परेको आधारमा अध्यादेश ल्याइएकाले खारेज नहुँदा दलहरु टुक्रिने सम्भावना रही लोकतन्त्रलाई नै खतरा उत्पन हुनसक्छ ।'

यादवले सत्ता साझेदार दलहरु बीच कुन–कुन मन्त्रालय, कुन दलले पाउने र मन्त्री पठाउने भन्ने कुरा तय हुन बाँकी रहेको बताए । मन्त्रालय नै तय नभइकन मन्त्रीको नाम पठाउने कुरा नआउने उनको भनाइ थियो ।

एमालेले गरेको संसद् अवरुद्धको कुनै अर्थ नभएको यादवले बताए । ‘संसद् किन अवरुद्ध गरेको हो ? अवरुद्ध गर्दा के प्राप्त हुन्छ, केका लागि गरिएको हो ? गर्नेहरु नै स्पष्ट नभएको उनले बताए । सरकारलाई सफल हुन नदिन संसद् अवरुद्ध गरेको पनि हुन सक्ने यादवको भनाइ थियो ।

जसपाको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान कार्यक्रममा अध्यक्ष यादवसहित बाबुराम भट्टराईको पनि उपस्थिती रहेको छ ।


प्रकाशित : भाद्र २९, २०७८ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?