कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

'सभामुखले बैठक आऊ भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ ?'

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताएका छन् ।

'सभामुखले बैठक आऊ भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ ?'

प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसाग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले एमालेमाथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको बताएका हुन् ।

नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उनले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए । सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उनले बताए । उनले भने, ‘हामीसँग भेदभाव गरियो । प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ । त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन । सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आऊ बैठक भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईंहरु पुछ्नुस् ।’

उनले सत्तापक्षको ढंग नपुगेका कारण संसद्‌मा अहिलेको अवस्था आएको टिप्पणी गरे । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : भाद्र २९, २०७८ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?