१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

काठमाडौं बाहिर पनि मिर्गौला प्रत्यारोपण

विराटनगर — विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एकजना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ । अस्पतालले धरान-६ का ३३ वर्षीय टेकनाथ भुर्तेलको मिर्गौला प्रत्यारोपण गरेको हो ।

काठमाडौं बाहिर पनि मिर्गौला प्रत्यारोपण

उनी डेढ वर्षदेखि डाइलासिस गराउँदै थिए । उनलाई पत्नी नन्दकुमारीको देब्रे मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालका सञ्चालक सुनिल शर्माले बताए ।

अस्पतालका यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक शैलेन्द्र श्रेष्ठको नेतृत्वमा गत शनिबार ४ घण्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

प्रत्यारोपणमा सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक प्राडा प्रेम ज्ञावालीसहितको टोलीको सहकार्य थियो । प्रत्यारोपणपछि पतिपत्नी दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र एकसाता भित्रमा दुवैलाई डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

प्रत्यारोपण खर्च सबै गरेर ७ लाख रुपैयाँ लाग्ने सञ्चालक शर्माले बताए । उनका अनुसार अस्पतालले अब तीन सातामा अरु दुईजनाको मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको छ ।

प्रकाशित : भाद्र २८, २०७८ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?