१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

स्वास्थ्य अवस्था बुझ्न देउवा खनाल निवासमा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एस)का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनकै निवासमा पुगेका छन् । मिर्गौला प्रत्यारोपण पछि घरैमा आराम गरिरहेका नेता खनाललाई भेट्न प्रधानमन्त्री देउवा डल्लुस्थित उनको निवासमै पुगेका हुन् ।

खनालको स्वास्थ्य अवस्थाबारे बुझ्न उनको निवासमा पुगेको देउवाको सचिवालयले जनाएको छ ।

खनाल भारतको राजधानी नयाँ दिल्लीबाट मिर्गौला प्रत्यारोपण गरेर गत भदौ १४ गते स्वदेश फर्किएका थिए । उनी ७६ दिन उपचारको लागि दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा बसेका थिए ।

प्रकाशित : भाद्र २८, २०७८ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?