प्रतिनिधिसभाको विषयलाई राष्ट्रिय सभा प्रवेश नगराऔं : अध्यक्ष तिमिल्सिना

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभामा उठेको विषयमाथि राष्ट्रिय सभामा छलफल प्रवेश नगराउन भनेका छन् ।

प्रतिनिधिसभाको विषयलाई राष्ट्रिय सभा प्रवेश नगराऔं : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाको सोमबारको बैठकमा एमालेका सांसदहरूले प्रतिनिधिसभामा उठेको विवादको विषयमा राष्ट्रिय सभामा विरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन् । 'यहाँहरूको धाराणा विचारप्रति ध्यानाकर्षण भएको छ । बारम्बार भनने गरेको छु प्रतिनिधिसभामा जे विषय उठेको छ राष्ट्रिय सभामा त्यसलाई प्रवेश नगरौं,' अध्यक्ष तिमिल्सिनाले भने ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको मर्यादा उँचो बनाउनका लागि भूमिका खेल्न एमालेका सांसदहरूलाई आग्रह गरेका थिए ।

त्यसअघि एमाले सांसद कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पदीय मर्यादाअनुसार काम नगरेको भन्दै आलोचना गरेकी थिइन् । 'पार्टीको ह्वीप जसले मानेन उहाँहरूले पार्टी विखण्डन गर्दाखेरि उहाँहरूको पद रहिरहन्छ एउटै दिमागभित्र दुई चिन्तन एउटै जिब्रोभित्र दुईवटा बोली ? यस्ता व्यक्तिलाई संसदीय व्यवस्थाका कुनै जिम्मेवारी दिनुहुन्न । न्याय कसैलाई लागू हुने कसैलाई लागू नहुने हुन्छ र यसले ल्याउने विकृतिलाई सभामुखले जिम्मेवारी लिन सक्नुहुन्छ र ?,' उनले भनिन् ।

अग्निप्रसाद सापकोटालाई सभामुख भएर बस्ने अधिकार नभएको भन्दै उनले राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्ने बताएकी थिइन् ।

त्यसपछि बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै तिमिल्सिनाले बैठकको कारबाही अगाडि बढाएका थिए ।

प्रकाशित : भाद्र २८, २०७८ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?