कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

देउवाले अधिवेशनमा एकलौटी गरेको भन्दै पौडेलले बोलाए आफ्नो पक्षको बैठक

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको बैठक बोलाएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी ढंगले गृहजिल्ला डडेल्धुरामा अधिवेशन गराएको भन्दै त्यसबारे छलफल गर्न पौडेलले आफ्नो पक्षका  केन्द्रीय सदस्यसहितका नेतालाई बैठकमा डाकेका हुन् ।

देउवाले अधिवेशनमा एकलौटी गरेको भन्दै पौडेलले बोलाए आफ्नो पक्षको बैठक

सोमबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए । बैठकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र रामशरण महत तथा केन्द्रीय सदस्य शेखर कोइरालालगायत नेता सहभागी हुनेछन् । क्रियाशील सदस्यताको विषयमा विवाद हुँदाहुँदै डडेल्धुरामा वडा अधिवेशन भएकाले अब सदस्यताको विवाद बाँकी रहेका जिल्लामा कसरी अघि बढ्ने भन्नेबारेसमेत बैठकले रणनीति तय गर्ने अधिकारीले बताए ।

भदौ २५ मा डडेल्धुरामा अधिवेशन भएको थियो । त्यही दिन पौडेलले सामाजिक सञ्जालमार्फत डडेल्धुरामा भएको अधिवेशनबारे आपत्ति जनाएका थिए । केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको क्रियाशील सदस्यहरूको नामावली प्रकाशन गरी ती जिल्लामा वडा अधिवेशन गरिसकेको छ । बाँकी जिल्लामा असोज ५ मा वडा अधिवेशन गर्ने तयारी छ । त्यसपछि ७५३ वटै स्थानीय तहको अधिवेशन असोज ९ मा हुनेछ । कांग्रेसले १४औँ महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ ।

प्रकाशित : भाद्र २८, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?