नाम्खा सीमा अध्ययन टोली हिल्सातर्फ
हुम्ला — नेपाल–चीन सीमा अध्ययनका लागि गृह मन्त्रालयको टोली सदरमुकाम सिमकोटबाट हिल्सा प्रस्थान गरेको छ । शनिबार सिमकोट पुगेको टोली हेलिकोप्टरमा जान खोजे पनि मौसम प्रतिकूल भएपछि सडकबाट हिल्सातर्फ गएको हो ।
सीमा क्षेत्र अध्ययनका लागि गृह सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा टोली गठन गरेको छ । हुम्लामा टोलीले आइतबार राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र नागरिक अगुवासँग छलफल गरेको थियो । टोली लाप्चा हुँदै गाडीबाट हिल्सा जानेछ ।
‘सकेसम्म सबै सीमास्तम्भमा पुग्छौं,’ आचार्यले भने, ‘देखिएका तथ्य समावेश गरी प्रतिवेदन बुझाउँछौं ।’ सरकारले तीन सदस्यीय टोली गठन गरे पनि अध्ययन टोलीमा ७ जना छन् ।
प्रतिक्रिया