२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११
अविनको कार्टुन

गठबन्धनको गलामा एमसीसी 'हड्डी' 

अविन

काठमाडौँ — अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्ने/नगर्ने विषयले सत्ता गठबन्धन दलहरू अप्ठेरोमा परेका छन् । दुई वर्षदेखि संसद्‌मा थन्किएर बसेको एमसीसीले अहिले सडकसमेत तताउन थालेको छ ।

गठबन्धनको गलामा एमसीसी 'हड्डी' 

नागरिकस्तरमा पनि यसलाई लिएर विभाजन देखिन्छ । एमसीसी अनुमोदनको सकस परेपछि उपाध्यक्ष फातिमा सुमार चार दिने काठमाडौं भ्रमणमा आएर फर्केकी छन् । उनले सत्ता गठबन्धन र विपक्षी दलका नेताहरूलाई भेटेर यो नेपालकै हित हुने भन्दै अनुमोदनका लागि आग्रह गरिन् । तर यो विषयमा ध्रुवीकरण बढेपछि गठबन्धन दलहरू आफै समस्या परेका छन् । अहिलेको यही परिस्थितिलाई लिएर सोमबार कान्तिपुरमा प्रकाशित कार्टुन ।

प्रकाशित : भाद्र २८, २०७८ ०६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?