कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । सोमबार दिउँसो सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको संसद्‌ बैठकबाट निस्कने क्रममा आइतबार गृहमन्त्री बालकृष्ण खाँणले जानकारी गराएका हुन् । 

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

बैठकमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दल नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू र दलका नेताहरूलाई पनि बोलाइएको छ ।

सर्वदलीय बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा दिउँसो साढे २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसद् अवरोध हटाउने लगायतको विषयमा छलफल हुने छ ।

सभामुखको भूमिकाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले सदनमा निरन्तर अवरोध पुर्‍याउँदै आएको छ । एमालेले आफ्नो पार्टी कारबाहीका लागि सिफारिस गरेको सांसदहरुलाई कारबाही नगरिएको र दल फुटाउन भूमिका खेलेको भन्दै सभामुख सापकोटाको विरोधमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा विरोध गर्दै आएको छ । तर यसअघिका बैठकमा विस्थापन विधेयक, केही अध्यादेश एमालेका सांसदकोफ विरोधबीच सरकारले सदनमा टेबुल गरेको छ ।

संघीय संसद्‌को अधिवेशन भदौ २३ गतेबाट प्रारम्भ भएको हो ।

प्रकाशित : भाद्र २७, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?