एमसीसीबारे सत्तारुढ दलभित्रै विवाद छ, पारित गर्ने नगर्ने विषय उहाँहरुकै हातमा छ : ठाकुर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसीबारे सत्तारुढ दलभित्रै विवाद छ, पारित गर्ने नगर्ने विषय उहाँहरुकै हातमा छ : ठाकुर

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्तारुढ दलभित्रै एमसीसीबारे विवाद भएको बताएका छन् ।

एमसीसी उपाध्यक्ष फातिमा समुारको टोलीलाई ठाकुरले एमसीसीबारे सत्तारुढ दलभित्र विवाद भएकाले पारित गर्ने/नगर्ने सरकारकै हातमा रहेको बताएका हुन् ।

मेरियट होटलमा शुक्रबार भएको उक्त भेटघाटमा ठाकुरले एमसीसीको टोलीलाई आफ्नो पार्टी एमसीसीको विषयमा सकरात्मक भएको बताउँदै राजनीतिक दलहरुबीचमा भने विवाद रहेको बताएका थिए ।

प्रकाशित : भाद्र २७, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्

ओलीले सांसदहरूलाई भने– ‘मर्यादापालकका काँध चढ्ने कोसिस नगरौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले संसदीय दलको आइतबार बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा आफ्ना सांसदहरूलाई संसदभित्र मर्यादित बन्न निर्देशन दिएका छन् । गत शुक्रबार प्रतिनिधिसभामा भएको घटनामा एमाले सांसदहरूले गरेका गतिविधिको आलोचना भइरहेका बेला ओलीले मर्यादाभित्रै बसेर विरोध गर्न निर्देशन दिएका हुन् ।

‘मर्यादापालकका काँध चढेर जाने कोसिस नगरौं’ उनले भने,‘मर्यादापालकहरूले स्पेस दिनुपर्छ ।’ उनले मर्यादापालकहरूलाई पनि विरोधको स्थान दिन आग्रह गरे ।

‘वेल खाली ठाँउ हो, त्यो सभामुखको आसन होइन त्यहाँ जान पाउनुपर्छ । वेलमा नै अवरोध गर्दा त्यसले बढी आक्रोशतर्फ लैजान्छ’ उनले भने,‘मर्यादापालकले सेकुरिटी मात्र दिने हो ।’ उनले बढी कन्फ्रन्टेसनको बाटोतर्फ नलैजान सभामुखको ध्यानाकर्षण गराए । उनले मर्यादापालकको परिचालनमा संसदीय मर्यादा बाहिर नजान पनि आग्रह गरे ।

प्रकाशित : भाद्र २७, २०७८ १३:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×