१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ओलीले सांसदहरूलाई भने– ‘मर्यादापालकका काँध चढ्ने कोसिस नगरौं’

काठमाडौँ — एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले संसदीय दलको आइतबार बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा आफ्ना सांसदहरूलाई संसदभित्र मर्यादित बन्न निर्देशन दिएका छन् । गत शुक्रबार प्रतिनिधिसभामा भएको घटनामा एमाले सांसदहरूले गरेका गतिविधिको आलोचना भइरहेका बेला ओलीले मर्यादाभित्रै बसेर विरोध गर्न निर्देशन दिएका हुन् ।

ओलीले सांसदहरूलाई भने– ‘मर्यादापालकका काँध चढ्ने कोसिस नगरौं’

‘मर्यादापालकका काँध चढेर जाने कोसिस नगरौं’ उनले भने,‘मर्यादापालकहरूले स्पेस दिनुपर्छ ।’ उनले मर्यादापालकहरूलाई पनि विरोधको स्थान दिन आग्रह गरे ।

‘वेल खाली ठाँउ हो, त्यो सभामुखको आसन होइन त्यहाँ जान पाउनुपर्छ । वेलमा नै अवरोध गर्दा त्यसले बढी आक्रोशतर्फ लैजान्छ’ उनले भने,‘मर्यादापालकले सेकुरिटी मात्र दिने हो ।’ उनले बढी कन्फ्रन्टेसनको बाटोतर्फ नलैजान सभामुखको ध्यानाकर्षण गराए । उनले मर्यादापालकको परिचालनमा संसदीय मर्यादा बाहिर नजान पनि आग्रह गरे ।

प्रकाशित : भाद्र २७, २०७८ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?