संसद अवरुद्ध जारी रहन्छ : ओली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद अवरुद्ध जारी रहन्छ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्नी सापकोटाले नेकपा एमाले विभाजन गराउन सहयोग गरेकाले संसद अवरुद्ध गर्नुपरेको एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् । आइतबार संसद भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसद अवरुद्ध जारी रहने बताएका छन् ।

'सत्ता गठबन्धन गलत बाटोमा हिँडेको छ । नेकपा एमाले विभाजन गराउन सभामुखको गैरकानुनी संलग्नता देखियो । त्यसैले संसद अवरोध गर्न हुन्छ । अवरोध गर्न पर्छ । सभामुखले गैर कानुनी काम गरेपछि हामीले विरोध जनाएका हौं,' उनले भने ।

उनले सभामुखको व्यवहारकै कारणले बजेट पास गर्न दिनपर्ने भएपनि दिने अवस्था नभएको उनले बताए । यस्तै उनले आफ्ना सांसदलाई संसद भित्र विरोध जनाउँदा मर्यादित हुन पनि निर्देशन दिए ।

प्रकाशित : भाद्र २७, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्

अघिल्लो सरकारले वित्तीय अनुशासनमा रहेर गरेका काम भत्काइयो : पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले नेता विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले वित्तीय अनुशासनमा रहेर गरेका काम वर्तमान सरकारले भत्काउने काम गरेको आरोप लगाएका छन् । सरकार सस्तो लोकप्रियताका लागि अगाडि बढेको उनको भनाइ छ ।

अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन अध्यादेश प्रतिस्थापन विधेयकबारे आइतबार एमाले संसदीय दल बैठकमा सांसदहरूलाई जानकारी गराउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले यस्तो जनाएका हुन् ।

‘एकातिर अध्ययन नभएको भन्दै १४०० विकासका परियोजना स्थगित गरिएको छ । अर्कोतिर माग नै नभएका योजना अगाडि सारिएको छ । प्रतिस्थापन विधेयकमा अराजक काम भएको छ,’ उनले भने, ‘कोभिडबारे हामीले उपचार नि:शुल्क गर्छौं भनेका थियौं । तर यहाँ सस्तो लोकप्रियताका लागि आन्तरिक स्रोत परिचालन गरिनेछ भनिएको छ,’ उनले भने ।

साधारण खर्च १० प्रतिशत कटौती गर्ने कुरा स्वागतयोग्य भए पनि त्यो मनगढन्ते तरिकाबाट आएको पौडेलले बताए ।

प्रकाशित : भाद्र २७, २०७८ १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×