३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संखुवासभामा ६ जनाका हत्या आरोपी सार्वजनिक

काठमाडौँ — प्रहरीले संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ ।

संखुवासभामा ६ जनाका हत्या आरोपी सार्वजनिक

नातामा भतिज पर्ने छिमेकी लोकबहादुरलाई प्रहरीले आइतबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । कार्कीलाई शनिबार पक्राउ गरिएको थियो । प्रहरीका अनुसार हत्या गरिएका व्यक्तिहरुको टाउकोमा गहिरो चोट लागेको पाइएको छ । हत्या गर्ने क्रममा टाउकोमा नै प्रहार गरको पाइएको प्रहरीले उल्लेख गरेको छ ।


प्रकाशित : भाद्र २७, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?